पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते
पाल्पा | भदौ १६, २०८०
पाल्पा: पाल्पाको तानसेन -१२ गाइघाटमा स्कार्पियो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । शनिबार रुपन्देहीको सालझण्डीदेखि गुल्मीतर्फ आइरहेको बा १६ च ४३७३ नम्बरको स्कार्पियो जिप ब्रेक फेल भइ दुर्घटना हुँदा जिपमा सवार ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको अहिले लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । स्कार्पियो जिप सडकदेखि एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
तीन दिनअघि पनि गाइघाट नजिकै जोर्तेमा स्कार्पियो जिपमाथि ढुङ्गासहितको पहिरो खस्दा तीन जनाको मृत्यु भएको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

